दाङमा नेपाल आर्मीका एक जवानले  श्रीमतीको हत्या गरी  फरार 

 

बिज्ञापन

दाङको तुलसीपुरमा नेपाल आर्मीका एक जवान श्रीमतीको हत्या गरी फरार भएका छन्।

बिज्ञापन

शुक्रबार बिहान सवा ८ बजेतिर तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा श्रीमती २७ बर्षीया टीका बुढाथोकीको हत्या गरी ३६ बर्षीय शालिकराम बुढाथोकी फरार भएका हुन्।

खुकुरी प्रहार गरी शालिकरामले श्रीमती टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

बिज्ञापन

‘खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि उनी खुकुरीसहित फरार भएको भन्ने छ,’ थापाले भने, ‘ स्थानीयले हातमा खुकुरी लिएर हिँडिरहेको देखेको बताएका छन्। स्थानीय पनि त्रसित छन्।’

उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे  थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु