तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुइ जनाको मृत्यु

दाङको तुलसीपुरमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ।

बिज्ञापन

मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका वडा नम्बर ४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलले जानकारी दिए । दुर्घटनाबाट गम्भीर घाइते भएका उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

बिज्ञापन

 तुलसीपुर उपमहानगरपालिका- २ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा७प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । उक्त दुर्घटनामा परी अटोचालक शान्तिनगर गाउँपालिका–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा समेत गम्भीर घाइते भएका छन् । उनको अहिले नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु