तारकेश्वर नगरस्तरिय पशुपालन मुल समितिको प्रथम वार्षिक साधारणसभा सम्पन्न

१९ बैशाख काठमाडौं

बिज्ञापन

तारकेश्वर नगरस्तरिय पशुपालन मुल समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्र भएको छ । पशुपालन मुल समितिका अध्यक्ष ठाकुर प्रसाद अधिकारीको अध्यक्षतामा भएको प्रथम बार्षिक साधारण सभाको प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्ण हरि महर्जन रहेका थिए ।
दिगो विकासको आधार ,पशुपालनमा सुधार भन्ने मुल नारा रहेको समितिले पशुपालन सम्बन्धिका विभिन्न कार्यहरु गर्दे आइरहेको छ । कार्यक्रममा अध्यक्ष अधिकारीले पशुपालन मुल समितिले विगतमा गरेका कार्यबारे सभालाई अवगत एवंम स्मरण गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कृष्णहरी महर्जनले किसान बिनाको जिवनको परिकल्पना पनि गर्ने नसकिने भएकोले आफुले कृषको लागी पालिकाको तर्फबाट हुने सम्पुर्ण सहयोग समेत गर्ने बताएका थिए । तर पछिल्लो चरणमा अनुदान खाने निहुले कृषि क्षेत्रमा नै आबद्ध नभएकाहरु पनि कृषि तथा पशुपालन फार्महरु खोलेर कृषक हुँ भन्नेहरुलाई चुनौती दिदै जो साच्चिकैका कृषक हुन उनिहरुको पहिचान गरेर मात्र सहयोग र समर्थन पालिकाको तर्फबाट हुनेकुरा जानकारी गराएका थिए । यसका साथै आफुले चुनाविताकाको वेलानै तयार पारिएका एजेण्डाहरु मध्येको घरघरमा खानेपानिका धारा निर्माणको कार्य आफ्नो कार्यकालमा नै सम्पन्र नगरे अर्को चुनाबमा भोट नै माग्न नआउने कुराको समेत प्रतिबद्धता गरेका छन । भने यस्तै कैयन योजनाबारे महर्जनले सभालाई जानकारी गराए । कृषी क्षेत्रलाई आधुनिकिरण गर्नको लागी स्वयंम उद्यमिहरु नै व्यबसायिक रुपमा लाग्न अपिल गर्दे ब्यक्ति ,ब्यक्तिगत पहिचान भन्दा समाज प्रधान रहेको विचार राख्दै नगरप्रमुखले कृषि ,खानेपानि ,शिक्षा लगाएत सामाजिक विकास र सुधारको लागी आफु सदैव सकारात्मक र जागरुक रहेको र रहिरहने प्रतिबद्धता पनि ब्यक्त गरे ।

बिज्ञापन


नगरस्तरिय पशुपालन मुल समितिको प्रथम वार्षिक साधारणसभा कार्यक्रम संचालन दिनेश खडकाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष र्निमला अधिकारीले गरेकि थिइन । आर्थिक बर्षको प्रगति प्रतिबेदनको प्रस्तुत मुल समितिका अध्यक्ष ठाकुर प्रसाद अधिकारीले गरेका थिए ।
मुल समितिको साधारणसभामा प्रमुख अतिथि ,बिशिष्ठ अतिथि ,अतिथि ,विभिन्न कृषि सहकारी एवंम कृषि ,महिला समुहका प्रतिनिधि ,विभिन्न संघ संस्थाका प्रतिनिधि , पत्रकार,सुरक्षा कर्मी लगाएतको उपस्थीती रहेको थियो ।
तस्बिरहरु

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु