ट्राफिक कारबाहीमा परेकालाई प्रहरीले स्वयंसेवक बनाएर सडकमा खटायो

 । मापसे (मादक पदार्थ सेवन)लगायत ट्राफिक नियम उल्लंघन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले स्वय‌सेवकका रुपमा सवारी व्यवस्थापनमा खटाउन थालेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि कारबाहीमा परेकाहरुलाई एक घण्टा ट्राफिक स्वयंसेवकको रुपमा खटाउन थालेको एसएसपी जीवन श्रेष्ठले जानकारी दिए ।

बिज्ञापन

गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री रवि लामिछानेले घोषणा गरे अनुसार कारबाहीमा परेकाहरुलाई बुधबारबाट ट्राफिक व्यवस्थापनमा खटाईएको हो । पहिलो दिन मात्र ६०४ जनाले उपत्यकाका विभिन्न चोकमा स्वयंसेवकका रुपमा उतारिएका छन् ।

बिज्ञापन

सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायत काठमाडौँका विभिन्न ठाँउमा उनीहरु खटाइएको छ ।

गृहमन्त्रीले मंगलबार फेसबुकमा स्ट्याटस लेखेर महिनावारीको समयमा चार दिन महिला ट्राफिक प्रहरीले काम गर्नु नपर्ने घोषणा गरेका थिए । ट्राफिक महिलाले महिनावारीका बेला चार दिन सडकमा खटिनु नपर्ने निर्णयको महिला ट्राफिक प्रहरीले स्वागत गरेका छन् । थापाथली वृत्तकी अञ्जु नेपालीले सरकारको उक्त निर्णयबाट आफूहरूलाई ठूलो राहत हुने बताईन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु