टाइटानिक’ मा क्याप्टेनको भूमिका निर्वाह गरेका अभिनेता बर्नार्ड हिलको निधन

एजेन्सी । चर्चित हलिउड फिल्म ‘टाइटानिक’ मा क्याप्टेन एडवर्ड स्मिथको भूमिका निर्वाह गरेका अभिनेता बर्नार्ड हिलको निधन भएको छ । यद्यपी बर्नार्डको मृत्युको कारण भने खुल्न सकेको छैन ।

बीबीसीका अनुसार अभिनेताका एजेन्ट लु कोल्सनले उनको मृत्यु मे ५ आइतबार बिहान भएको पुष्टि गरेका छन् । उनको अन्तिम क्षणमा उनको मंगेतर एलिसन उनको साथमा थिइन् ।

बिज्ञापन

हिल शनिबार, मे ४ मा कमिक कोन लिभरपुलमा उपस्थित हुने भनिएको थियो, तर अन्तिम मिनेटमा रद्द गर्नुपर्‍यो ।

बिज्ञापन

११ ओस्कार जित्ने दुई फिल्ममा अभिनय गर्ने बर्नार्ड एक मात्र चलचित्र स्टार थिए । उनले सन् १९९७ मा रिलिज भएको ‘टाइटानिक’ र २००३ मा रिलिज भएको ‘लर्ड अफ द रिङ्स’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यी दुवै चलचित्रले ११–११ ओस्कार अवार्ड जितेका थिए ।

अभिनेताको निधनमा उनको सहअभिनेत्री बारबरा डिक्सनले उनको सम्झना गरेकी छिन् । अभिनेत्रीले ट्विटमा लेखेकी छिन्, ‘बर्नार्ड हिलको निधन भएको कुरा अत्यन्तै दुःखका साथ जानकारी गराउँछु ।

बिज्ञापन

हामीले सन् १९७४ मा विली रसेलको शो ‘जोन पल जर्ज रिङ्गो एन्ड बर्ट’ मा सँगै काम गर्यौं। उहाँ एक अद्भुत अभिनेता हुनुहुन्थ्यो । उहाँसँग भेट्नु र काम गर्न पाउनु सम्मानको कुरा हो । भगवान बेनीको आत्मालाई शान्ति दिउन् ।

‘टाइटानिक’ र ‘लर्ड अफ द रिङ्स’ बाहेक हिलले आफ्नो करियरमा ‘गान्धी’ र ‘द स्कर्पियन किंग’ लगायत धेरै हिट फिल्महरूमा काम गरेका थिए । आफ्नो ५० वर्षको अभिनय करियरमा फिल्मका अलावा हिलले टिभी सिरियल र थिएटरमा पनि काम गरे ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु