जेरीः अन टप’मा आँचल  अनमोलसँग पहिलो पटक जोडी बाँध्दै

पछिल्लो समयकी सर्वाधिक व्यस्त नायिका आँचल शर्मा फिल्म ‘जेरीः अन टपमा अनुबन्धित भएकी छिन् ।  निर्माणपक्ष र नायिका आँचल शर्माबीच शुक्रबार कागजी संझौता भएको छ । योसँगै फिल्मका मुख्य कलाकारहरूको लाइनअप पनि पुरा भएको छ । यो फिल्मको शीर्ष भूमिकामा नायक अनमोल केसीले काम गर्दैछन् । अनमोलसँगै फिल्ममा नायिका आना शर्मा पनि फाइनल भइसकेकी थिइन् । 

नायिका आँचल शर्माले फिल्मको कथावस्तु पढेपछि आफू काम गर्न उत्साहित भएको बताइन् । फिल्म साइन गरेपछि आँचलले दर्शकले यसपटक आफूबाट एउटा विशेष फिल्म पाउने तर्क गरिन् ।

बिज्ञापन

अनमोल र आँचलले पहिलो पटक पर्दा शेयर गर्न लागेकी हुन् । एकसाथ काम गर्न पाउँदा आँचल र अनमोल दुबै उत्साहित देखिएका छन् ।

बिज्ञापन

फिल्मका निर्माता सरोज न्यौपानेले आँचल कथाको माग अनुसार नै फिल्ममा अनुबन्धित भएको बताए । यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । सुयोगले निर्देशन गरेको फिल्म ‘फर्की फर्की’ हलमा रिलिज भइरहेको छ । यो फिल्मको सफलताबाट उत्साहित भएका सुयोग ‘जेरीः अन टप’लाई अझ विशेष बनाउने बताउँछन् ।

यो फिल्मको छायांकन लुक्ला, मुस्ताङ, काठमाडौंमा हुनेछ । असारको ६ गतेबाट छायांकनमा जाने फिल्मका क्रियटिभ निर्माता रोहित अधिकारी हुन् । फिल्म निर्माणमा सरोजसँगै दीपक भण्डारी पनि जोडिएका छन् ।

बिज्ञापन

अनन्या फिल्मस् र भण्डारी मल्टिट्रेडको ब्यानरमा यो फिल्म निर्माण हुनेछ । त्रिकोणात्मक प्रेमकथामा यो फिल्म निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु