जुम्लाका किसान भेडा पालनमा आकर्षित

सुर्खेत। पछिल्लो समयमा जुम्लाका किसान भेडा पालनमा आकर्षित हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि किसान भेडा पालनमा आकर्षित भएका हुन् । जिल्लास्थित पशु अस्पताल तथा पशुसेवा कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभर अहिले ८४ हजार तीन सय ८८ भेडा रहेका छन् ।

बिज्ञापन

पशु अस्पताल तथा पशुसेवा कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाका अनुसार बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका छन् । पाँच वर्षअघि भेडापालनको सङ्ख्या घटेको थिए । भेडापालनमा प्रमुख समस्या भनेको विभिन्न तहले चरन क्षेत्रमा कर लगाउन थालेपछि किसानलाई सास्ती भएसँगै सङ्ख्या घट्दै गएको थियो । पहिले यहाँका भेडालाई अछाम, जाजरकोट, कालीकोट, दैलेख, सुर्खेत र दाङसम्म लैजान्थे तर कर लिने गरेका थिएनन् । अहिले सङ्घीय, प्रदेश र स्थानीय सरकार भएकाले विभिन्न तहले चरन क्षेत्रमा कर लगाउन थालेपछि भेडा पालक किसान मारमा परेका छन् ।

बिज्ञापन

कार्यालय प्रमुख बुढ्थापाले यहाँ चरन क्षेत्रको कुनै समस्या नभएको भन्दै जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको जानकारी दिए । कार्यालयबाट भेडा पालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधिक तालिम दिँदै आइएको उनले बताए । अहिले किसानसँग पशुपालनका नाममा तथा एक पालिकाबाट अर्को पालिकामा लैजाँदा कर उठाउने गरेकाले समस्या भएको भन्दै किसानको उक्त समस्या समाधान भए भेडापालन अझ फस्टाउँदै जाने कार्यालय प्रमुख बुढाथापाले बताए ।

भेडाको ऊन राडी, पाखी, कोट, कपडा बुन्न प्रयोग हुँदै आएको पशु अस्पताल तथा पशुसेवा कार्यालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु