जनताको नेता कस्तो हुनु पर्छ ?

जनताको नेता कस्तो हुनुपर्छ ?
जनताका पिडामा मलम लगाउन सक्ने, जनताको दुःख बुझेको, जनताको साथमा रहने, जनताका पिडा लाई आफ्नै पिडा सम्झने र जनताको चुलो बालेर आँफु खुःसी हुने हुनुपर्छ ।
आउनुहोस आज हामी जनताका नेता डाक्टर सुनिल कुमार शर्मा संग भेटाउछौँ ।
उनको जन्म २०३४ साल पुस २२ गते झापाको दुम्सेमा नारायण बरालको घरमा  भएको थियो । हाल उनी नेपाली कांग्रेस महासमिति सदस्य रहेका छन् । उनी अहिले मोरङ क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुन । अझ बुझिने भाषामा भन्दा बिराटनगरको नोबेल अस्पताल र काठमाण्डौँको काठमाण्डौँ मेडिकल कलेजका संचालक समेत हुन् । उनी प्रतिनिधि सभा सदस्य, नेपाली काँग्रेसका नेता, अस्पताल संचालक मात्रै हैनन् । उनि त गरिब दिन दुखिका साक्षात् भगवान समेत हुन । उनी निर्वाचित मोरङको क्षेत्र नं. ३ बाट भए पनि अहिले समग्र देशको नेता बनिरहेका छन् । देशमा बढ्दो नेता प्रतिको गलत भावना र जनआक्रोस लाई शक्तिको रुपमा बदल्न सक्ने एक असल नेता हुन सुनिल कुमार शर्मा । नेता भनेकै चोर, भ्रष्टचारी, माफीया र दलाल हुन भन्ने भाष्य निमार्ण भैरहेको बेला जनताको नेता भनेको सुनिल कुमार शर्मा जस्तो हुनु पर्छ भन्ने गर्विलो उदहारण बनाउन सफल भएका नेता हुन सुनिल कुमार शर्मा । जनताको दुख देख्नै नस्कने कहि कतै जनतालाई समस्या परेको देखे सहयोग गरिहाल्ने उनलाई सहयोगको मामीलामा भुगोलले कहिले छेकेन । जनताको प्रतिनिधिको रुपमा जुन दिन संसदमा छिरे सता पक्ष होस वा प्रतिपक्ष सबैको गलत काम लाई गलत र सही लाई सहि भन्ने हिम्मत भएको नेता हुन उनी । आफ्नै नेताहरुको समेत डटेर बिरोध गर्न सक्ने सायदै कोही होला । तर उनी आफ्नै नेताहरुलाई समेत खबरदारी गर्ने काम मज्जैले गरेको देख्न सकिन्छ । उनिले निशुल्क स्वास्थ्य शिविर मार्फत लाखौँ गरिब जनताको उपचार समेत गराईरहेका छन् ।
अब आउनुहोस उनका केहि कामको खुलेर प्रसंसा गरौँ ।
नंम्बर १ : जनताको मुद्धामा संसदमा खुलेर बहस गर्ने ।
नंम्बर २ : स्वास्थ्य क्षेत्रको आमुल परिर्वतनको लागी निरन्तर पहल गरिरहेको ।
नंम्बर ३ : आम गरिब दिन दुखी जनता लाई आफनै अस्पताल बाट निशुल्क उपचार ।
नंम्बर ४  : काठमाण्डौँ बाट सुदुर र दुर दराजका जनताको आँगनमा स्वास्थ्य शिविर चलाई जटिल रोगको समेत आफनै अस्पताल बाट निशुल्क उपचार ।
नंम्बर ५  : बर्षौ देखि रोगले थला परेकाहरु लाई पुन जिवन दान ।
यी र यस्ता काम केवल प्रतिनिधि मात्रै हुन उनका काम लाई शब्दमा लेख्न र आवाजमा भर्न सकिदैन । के तपाई हामी लाई चाहिएको नेता यस्तै हैन र ? आउनुस जनताको नेता तपाई हामी मिलेर खोजौँ ।।

बिज्ञापन

 

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु