चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिल चोक सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ ।

चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरू भत्काउन थालिएको महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए ।

बिज्ञापन

अतिक्रमित संरचना हटाउन महानगरले चार वटा डोजरको प्रयोग गरिरहेको छ ।

बिज्ञापन

काठमाडौंका मेयर बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु