चण्डीगढ एयरपोर्टमा कंगना रनावतमाथि हातपात

विमानस्थलमा कंगनालाई थप्पड हानिएको भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ ।

बिज्ञापन

किसान आन्दोलनलाई लिएर कंगनाको अभिव्यक्तिलाई लिएर महिला कन्स्टेबल रिसाएकी थिइन् । कंगना र कन्स्टेबलबिच भनाभन भएको थियो । कंगनाले किसान आन्दोलनमा सहभागी महिलाहरू सय–सय रुपैयाँ लिएर बसेको भन्ने अभिव्यक्ति दिएकी थिइन् । त्यतिबेला आफ्नी आमा पनि किसान आन्दोलनमा जाने गरेको कन्स्टेबल कौरले बताएकी छिन् ।

बिज्ञापन

थप्पड हानेको घटनापछि कंगना रनावतले कुलविन्दरलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेकी छिन् । यस घटनापछि कौर निलम्बनमा परेकी छिन् । यस विषयमा छानबिन गर्न पनि निर्देशन दिइएको छ ।

थप्पडको घटनापछि कंगना रनावतले आफ्नो इन्स्टामा एक भिडियो सार्वजनिक गरेर आफ्नो बयान दिएकी थिइन् । कंगनाले भिडियोमा भनेकी छिन्, ‘मलाई मेरा शुभचिन्तकहरूबाट फोनहरू आइरहेको छ। सबैभन्दा पहिले म सुरक्षित छु भनेर बताउन चाहन्छु। आज चंडीगढ एयरपोर्टमा भएको दुर्घटना सुरक्षा जाँचका क्रममा भएको थियो। म बाहिर निस्किने बित्तिकै अर्को केबिनमा बसेकी महिलाले मलाई पार गर्न पर्खिरहेकी थिइन् र मेरो मुखमा थप्पड हानेर गाली गर्न थालिन् ।’

बिज्ञापन

कंगनाले थप भनिन्, ‘मलाई थप्पड हानेकी महिला सीआईएसएफ गार्ड हुन् । मैले उनलाई किन यस्तो गरिन् भनेर सोध्दा उनले किसान आन्दोलनलाई समर्थन गर्ने बताइन् । तर मेरो चिन्ता यो छ कि पञ्जाबमा बढ्दो आतंकवाद र अतिवादलाई कसरी सम्हाल्ने?’

कंगनाले भर्खरै भाजपाको टिकटमा हिमाचल प्रदेशको मंडी सिटबाट लोकसभा चुनाव जितेकी थिईन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु