गोर्खाको वीरेन्द्र तालमा हिमपहिरो, बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित वीरेन्द्र तालमा हिमपहिरो गएको छ । वीरेन्द्र तालमा खसेको हिमपहिरो कारण सामागाउँबाट साम्दो जाने पैदलमार्गको काठेपुल बगाएको छ ।

बिज्ञापन

लामो समयसम्म जमेर बसेको हिउँ तालमा खसेपछि बहाब बढेको हो । तालबाट निस्किएको पानीले एउटा पुल पनि बगाएको छ । यसअघि पनि कहिले काहिँ यहाँ स–सानो पहिरो जाने गरेको थियो । तर आज भने ठूलै पहिरो गएको हो ।
अत्यधिक गर्मीका कारण हिउँ पग्लिएर खसेको हुनसने अनुमान गरिएको छ ।

बिज्ञापन

पहिरोपछि तालबाट बग्ने पानीको बहाव बढेको छ । बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सजक रहन स्थानीय पालिकाले आग्रह गरेको छ । वीरेन्द्र तालबाट बग्ने पानी साविकको भन्दा बढेको छ ।

सामागाउँ प्रहरी चौकिबाट प्रहरी टोली वीरेन्द्र ताल क्षेत्रमा जाँदै छ । पुल बगाएपछि बाटो अवरुद्ध भएको खबर आएको प्रहरीले जनाएको छ । अहिले मनास्लु क्षेत्र भम्रणको सिजन पनि हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु