गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ

काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

बिज्ञापन

गृहमन्त्रीले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ । उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ ।पारिश्रमिकबाट यो जग्गा किनेको सम्पत्ति विवरणमा उल्लेख छ ।

बिज्ञापन

गृहमन्त्री लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ ।

सम्पत्ति विवरणमा गृहमन्त्री लामिछानेले करिब ८० तोला सुन रहेको उल्लेख गरेका छन् । यो अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उनले उल्लेख गरेका छन् ।

बिज्ञापन

गृहमन्त्री रविका नाममा दुइवटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ छ ।

हेर्नुहोस् गृहमन्त्री लामिछानेको सम्पत्ति विवरण –

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु