गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति भएको छ ।

छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदल बैठकमा प्रतिपक्ष कांग्रेसको माग बमोजिम गृहमन्त्रीको नाम उल्लेख गरेर  समिति बनाउने सहमति भएको हो ।

बिज्ञापन

बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि शिशिर खनालले आफ्नो सभापति टीओआरमा नाम राख्न सहमत भएको जानकारी गराएका थिए । अहिले कार्यदलमा सहमतिको ठोस ड्राफ्ट तयार गर्ने कार्य भइरहेको बताईएको छ ।

बिज्ञापन

यसअघि, आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको भन्दै छानबिन समितिको सामना गर्न तयार रहेको बताएका थिए ।

जारी बैठकमा कानूनमन्त्री पदम गिरीसँगै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्र कार्की, जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सहभागी छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु