गुगल प्ले स्टोरमा एकै पटक दुई ओटा एप डाउनलोड गर्न मिल्ने

काठमाडौं

बिज्ञापन

अब गुगल प्ले स्टोरमा एकै पटक दुई ओटा एप डाउनलोड गर्न मिल्ने भएको छ । केही फ्ल्यागशिप फोनबाट गुगलले सुटुक्कै यो फिचर सुरु गरेको हो ।

बिज्ञापन

यसअघि एक पटकमा एउटा मात्र एप डाउनलोड गर्न सकिन्थ्यो । त्यसले गर्दा धेरै ओटा एप डाउनलोड गर्नु झन्झटिलो प्रक्रिया थियो । अब भने प्ले स्टोरमा एकै साथ दुई ओटा एप डाउनलोड गर्न मिल्ने भएको हो । अहिले सामसङ ग्यालेक्सी एस २३, पिक्सेल सिरिज लगायतका केही एन्ड्रोइड फोनमा यो फिचर आइसकेको छ ।

गुगलले कस्ता प्रकारका डिभाइसमा यो फिचर उपलब्ध हुन्छ भनेर बताइएको छैन । तर विभिन्न अन्तर्राष्ट्रिय प्रविधि मिडियाका अनुसार एन्ड्रोइड १४ र प्ले स्टोरको भर्सन ४०.६.३१ भन्दा माथिल्लो भर्सनमा यो फिचर उपलब्ध भइसकेको छ ।

बिज्ञापन

यस फिचरले कुनै नयाँ एप डाउनलोड गर्न छिटो र सजिलो हुने छ । यद्यपि एप अपडेटमा भने यो फिचर लागू हुने छैन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु