गाडीको झन्डा छोपेर देउवाको निवासबाट बाहिरिए मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ आफूले चढ्ने सरकारी गाडीमा राखिएको राष्ट्रिय झन्डा छोपेर बूढानीलकण्ठबाट बाहिरिएका छन् । सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बिहान बसेको नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि उनी झन्डा छोपेर बाहिरिएका हुन् ।

बिज्ञापन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (एमाले)सहितका दलको नयाँ गठबन्धन बनेको छ । त्यस विषयमा छलफल गर्न बसेको बैठकपछि कांग्रेस उपसभापति समेत रहेका मन्त्री गुरुङ गाडीको झन्डा छोपेर बाहिरिएका हुन् ।

बिज्ञापन

ugsmd-1709531577.jpg

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु