गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणाविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएको छ ।

कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् ।

बिज्ञापन

उनले संविधानको धारा १६८ (२)अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग समेत गरेका छन् ।

बिज्ञापन

आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत पर्दा सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक हुन्छ । सभामुखले असंवैधानिक घोषणा गरेकाले त्यसविरुद्ध सर्वोच्चमा रिट दिएको कांग्रेसले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु