खुलामञ्च सधैँ खुला हुुनु पर्छ, बहुउपयोगी हुनु पर्छ :मेयर बालेन

sharethis sharing button

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खुलामञ्च सधैँ खुल्लै रहनुपर्ने बताएका छन्।

बिज्ञापन

पछिल्लो समय महानगरले खुलामञ्च मासेर फुटबल मैदान बनाउन खोजेको समाचार आइरहेका बेला उनले यसबारे आफ्नो भनाइ सार्वजनिक गरेका हुन्।

बिज्ञापन

‘हाम्रो सधैँको चाहना छ कि खुलामञ्च सधैँ खुल्लै हुनु पर्छ। त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत छौँ’, उनले भनेका छन्।

केही महिनादेखि काठमाडौँ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउँदै भनेर समाचार आइरहेकामा पनि उनले ध्यानाकर्षण भएको जनाएका छन्।

बिज्ञापन

‘महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिँदा पनि त्यस्ता समाचार निरन्तर आइरहनु दु:खद छ’, उनले भनेका छन्, ‘यसले आममानिसमा भ्रम सिर्जना गरेको पाइयो।’

खुलामञ्च यस्तो ठाउँ बनोस्, जहाँ :
– बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्,

– योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्,

– बच्चाहरू खेल्न पाउन्,

– दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्,

– प्रदर्शन, विरोध र रचनात्मक कार्यक्रमहरू त्यही खुलामञ्चमा राख्न पाइओस्।

यही योजनालाई सार्थक बनाउन हामीले विगत १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी भन्दा बढि कंक्रिट हटाउने काम सकाएका छौँ। खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रियाको अर्को चरणमा हामी छौँ।

तर, यी कुनै कुरा परख नगरी कसैले अञ्जानमा वा नियतवश फैलाएका समाचार र धारणाहरूमा मिथ्या जानकारीहरू छन्। उपभोक्ता समितिबाट काम हुँदैछ पनि भन्ने अनि ५ करोडको मैदान बन्दैछ पनि भन्ने किसिमका समाचारहरु पनि देखिए। त्यस्ता धारणा राख्नेहरूलाई ५ करोडको बजेट उपभोक्ता समितिमार्फत जान पाउँदैन, ठेक्का नै लगाउनु पर्छ भन्ने सामान्य ज्ञानसमेत बुझेको वा प्रश्न गरेको देखिएन।

यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौँ कि, हामी छउञ्जेल खुलामञ्च सधैँ सबैका लागि खुल्ला हुन्छ। हामी खुलामञ्च मात्र नभइ टुँडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा गइसकेका छौँ। जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन। हामी कुनै पनि किसिमले अतिक्रमित धेरै भन्दा धेरै ठाउँ खुल्ला गर्ने प्रक्रियामा गइसकेको छौँ, जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन वा सकारात्मक मानिएन। सार्वजनिक सम्पत्ति विपद् र विशेष अवस्थामाबाहेक अन्य कुनै पनि समयमा जे उपयोगीताका लागि बनाइएका हुन्, त्यसकै लागि प्रयोग हुनु पर्छ भन्नेमा बहस भइरहनु अचम्मलाग्दो छ।

खुल्लामञ्चमा बसपार्क बनाउने होइन। सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने होइन। फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन। खोलामाथि घर बनाउने होइन। खोला किनारमा बस्ती बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन। सार्वजनिक सम्पत्तिमा आँखा लाउने होइन। खुलामञ्च होस् कि फुटपाथ होस्, ललिता निवास होस् कि बालमन्दिर होस् कि जेपी स्कुल होस् वा अरू कुनै पनि व्यक्तिका नाममा वा संस्था मासिने गरेर प्रयोगमा जानु हुन्न। यस्ता सार्वजनिक महत्वका कुरा बुझाउन पनि उर्जा खर्चिनु पर्ने अवस्था आउनुले समाजको अवस्था सायद छर्लङ्ग पारेको छ।

यी विषयहरुमा मिडिया र अभियन्ताहरू जत्ति नै हामीलाई पनि चिन्ता, चासो र सजगता छ। यो कुरामा विश्वास गरिदिनु हुनेछ भन्ने आशा गर्दछौँ। त्योसँगै तीन तहको सरकार रहेको प्रणालीमा हरेक सरकारका आफाफ्ना जिम्मेवारी र सीमा छन् भन्ने बुझिदिनुहोला। र, सबैभन्दा मुख्य कुरा, कमजोरहरू, सत्ताको विपक्षमा रहेकाहरू सधैँ सही हुन्छन् भन्ने ‘बर्बरिक सिन्ड्रोम’ बाट मुक्त भई लोकतान्त्रिक किसिमले बनेका कानूनी व्यवस्था लागू गर्न साथ रहिदिनु हुनेछ भन्ने आशा र आग्रह गर्दछौँ।

हामी खुल्ला खुल्ला मन्चमात्र हैन फराकिलो काठमाडौ बनाउने बाटोमा छौँ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु