केपी ओलीलाई कारवाही गर्न बालेनको माग, अधिवक्ता ओमप्रकाशको गरे प्रशंसा

त्यस्तै, उनले गिरिबन्धु टि स्टेको ३४४ विघा जग्ग साटफेर गर्न दिने निर्णय ओली सरकारले गरेको थियो। सो निर्णयविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका थिए। अर्याल हाल मेयर बालेनका कानुनी सल्लाहकार छन् । बालेनले अर्यालको प्रशंसा पनि गरेका छन्।

बिज्ञापन

बालेनले स्टाटसमा के लेखेका छन् ?
एउटा मान्छेको इमानदारीता
ले के सम्म गर्न सक्छ भन्ने उदाहरण हो यो केस।
झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट)अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ।
अब त्यहाँ कि चिया बगान हुन्छ कि त्यो जग्गा सरकारको हुन्छ ।
यो जग्गा अहिले को अवस्थामा १० अरब भन्दा धेरै मुल्यको रहेको छ ।
अब तत्कालीन सरकारलाई कारबाही को भागिदार बनाउनु पर्छ यो सरकारले । जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृया बाट बैना फिर्तामा जानू होला तपाईं हरुको जग्गा प्राप्तीको बाटो सकिएको छ ।
देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल हाम्रो कानुनी सल्लाहकार ओम प्रकाश अर्याल सरलाई धेरै धेरै धन्यवाद । धन्न तपाइँ जस्तो कोहि हुनु हुन्छ र सरकारी सम्पत्ति बचेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु