कार्यदलको बैठक निष्कर्षविहीन

सत्ता पक्ष र प्रतिपक्ष दलको अडान यथावत भएकाले सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन भएको हो ।

बिज्ञापन

बैठकपछि बोल्दै कार्यदलमा सदस्य एवम् एमाले सचेतक महेश बर्तौलाले सहमतिबाट विषयहरूलाई टुंग्याउने र संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको बताए । उनले संसद बैठकपछि फेरि कार्यदल बैठक बस्ने जानकारी दिए ।

बिज्ञापन

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सहमतिको प्रयास भइरहेको बताए । उनले भने, ‘ एकजना व्यक्तिलाई दोषी करार गरेर छानबिन समिति बन्नु हुँदैन भन्ने हो । यसबाट गलत नजिर बस्छ । समस्या भएका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी सक्छौँ भन्ने लागेका छौँ ।’

यस्तै, नेपाली कांग्रेसका जीवन परियारले गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने मागमा आफूहरू अडिग रहेको बताए । साथै, छानबिन समिति नबन्दासम्म संसद चल्न नसक्ने उनले बताए।

बिज्ञापन

यसअघि आइतबार पनि कार्यदलको बैठक निष्कर्षविहीन भएको थियो ।



 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु