कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा कारागार चलान

काठमाडौँ । कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ कारागार चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशपछि उनलाई केन्द्रीय कारागारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

बिज्ञापन

कान्तिपुर सहकारी र पशुपति सेभिङ एन्ड क्रेडिटको बचत रकम अपचलन गरेर फरार भएका लामाविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरेको थियो ।

बिज्ञापन

कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

सहकारीका ८५२ जना बचतकर्ताले लामा सहितका सञ्चालकविरुद्ध जाहेरी दिएका छन् । रकम अपचलन गरेको कसुरमा कान्तिपुरका अध्यक्ष हिमाल विक्रम मल्ल पनि कारागारमा थुनामा छन् ।

बिज्ञापन

निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा, सदस्यहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र देवराज पराजुलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु