कांग्रेसको अबरोधका विच सरकारले जबरजस्ती पेलेर राष्ट्रपतिलाई धन्यबादको प्रस्ताब पारित, , बैठक शुत्रबार सम्मको लागी स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आज पनि नाराबाजि गरेको थियो
सहकारी ठगीको विषयमा आफ्नो अडान कायम राख्दै कांग्रेसले आज मंगलबार पनि अवरोध गरेको हो ।

बिज्ञापन

कांग्रेसको अवरोधकै बिच सभामुखले सभालाई अघि बढाएका थिय । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव संसद्‍मा टेबल गरेका हुन ।
नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले सहकारी प्रकरणमा संसदीय छानबिन समितिमा कांग्रेसको अडान रहेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कांग्रेस आफ्नो अडान रहेको बताए ।
उनले भने–‘लाखौं सहकारी पीडितलाई न्याय दिने कर्तव्यबाट हामी कदापि च्युत हुने छैनौँ । देशै भरका सहकारी पीडितलाई म आश्वस्त पार्न चाहन्छु बचतकर्ताको बचत फिर्ता नभएसम्म हाम्रो लडाईले विश्राम पाउने छैन ।

बिज्ञापन

संसदीय छानबिन समितिको सैद्धान्तिक सहमति भएपनि टिओआरका विषयमा कुरा नमिलेको हामी सबैले थाहा पाएका छौं । पछिल्लो दिनमा समाचारहरू झन् प्रकट ढङ्गले आइरहेका छन् । स्वर्णलक्ष्मी, सूर्यदर्शन पोखरा लगायतका सहकारीबाट गोर्खा मिडिया नेटवर्कले करिव १ अर्ब ऋण लिएको छ । त्यो ऋण तिनै ४ वटा सहकारीबाट लिएको हो ।’

उनले सो ऋण लिने बेला गृहमन्त्री रवि लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेको बताए । सोही प्रकृतिको घटनामा गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको र एउटै संसदमा दुई जना सांसदमा एउटै अभियोग रहेको बताउँदै एकजना फरार र एकजना गृहमन्त्री रहेको बताए ।

बिज्ञापन

प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका बिच राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित भएको हो । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा अवरोधका बिच धन्यवादको प्रस्ताव पारित भएको हो ।

गत जेठ १ गते बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले नाराबाजी गर्दै बेल घेराउ गरेको थियो ।
बैठमा निरन्तर कांग्रेसको बिरोध भएपछी अन्य सुचिका कार्यक्रमहरुलाई रद गर्दै बैठक शुत्रबार बिहाना ११ बजे सम्मको लागी बैठक स्थगित गरीएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु