कांग्रेसका सांसद डा.सुनिल शर्माको प्रश्न : पुलको लट्ठा फेर्न नसक्ने प्रचण्ड सरकारले देशको मुहार फेर्छु भन्छ, कहिलेसम्म पत्याउने ?

 नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले झोलुङ्गे पुलका लट्ठा चुँडिदा १४ वटा खच्चर पुलमै अड्किएको विषयलाई चासोका रुपमा लिएका छन्

उनले पुलको लट्ठा फेर्न नसक्ने सरकारले देशको मुहार फेर्छु भन्दै हिँडिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्ड सरकारका कुरा नेपाली जनताले आखिर कहिलेसम्म पत्याउने भन्दै पश्न समेत गरेका छन् ।

बिज्ञापन

उनले भनेका छन्– ‘पुलको लट्ठा त फेर्न नसक्ने प्रचण्ड सरकार देशको मुहार फेर्छु भन्छ,त्यो पनि अव हामी नेपाली जनताले पत्याउनु पर्ने आखिर कहिले सम्म ?’

बिज्ञापन

आज बिहान कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा १४ खच्चड बीच भागमै अड्किएका थिए । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएको थियो ।

झोलुङ्गे पुलमा अड्किएका ९ खच्चरको उद्धार गरिएको छ भने २ खच्चरको मृत्यु भएको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु