कांग्रेसका युवा नेता शाहीले कर्णालीमा ‘संगठन सुदृढ यात्रा’ गर्दै

कर्णालीमा नेपाली कांग्रेसले संगठन सृदृढ अभियान सञ्चालन गर्ने भएको छ । कर्णालीका १० वटै जिल्लामा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा चैत्र २ गतेबाट अभियान सञ्चालन हुने भएकोे छ ।

बिज्ञापन

सशक्त, सबल, प्रभावकारी, सुदृढ , लोकप्रिय, बलियो र गतिशील पार्टी बनाउने उद्देश्यले अभियानको सञ्चालन गर्न लागिएको युवा नेता शाहीले बताए । ‘हामी सबै पार्टी सदस्यहरुको कर्तव्य र दायित्व पनि हो ।’ उनले भने,‘चैत्र २ गतेबाट ‘‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ सल्यान कपुरकोटदेखि हुम्ला सिमिकोटसम्म कर्णाली प्रदेशका १० वटै जिल्लामा पार्टीको संगठन सुदृढ, सबल, गतिशिल, कृयाशिल र प्रभावकारी बनाउन यो यात्रा सन्चालन गर्न लागिएको छ ।’

बिज्ञापन

नेपाली कांग्रेसको गौरवशाली इतिहासलार्इ कायम राख्न अनुभवी पुस्तालार्इ सम्मान दिदै वर्तमान पुस्ताको उर्जालाइ अभिवृध्दि गर्दै भावी पुस्तालार्इ कांग्रेसमा जोड्ने उद्देश्यका यात्रा गर्न थालिएको शाहीले जानकारी दिनुभयो । ‘नेपाली कांग्रेसलाई अग्रज पुस्तादेखि युवा पुस्तासम्म भेटघाट, छलफल, बहस, अन्तरक्रियाको माध्यमबाट पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएर संगठनलाई बलियो, सशक्त बनाउँदै पार्टीलाई थप उर्जाशील र गतिशील बनाउनु अभियानको मूल उद्देश्य हो ।’ उनले भने,‘पार्टीलाई चलायमान र जागृत गर्दै भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाहरुका नेता, पार्टीका कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थप्न तथा पार्टी पङ्तिमा उत्साह र उत्प्रेरणा ल्याउन यो अभियान प्रारम्भ गरिएको हो ।’

संगठनको गाउँ टोल तहमा रहेर काम गरिरहेका नेता, कार्यकर्ता नै संगठनको मूल आधार भएकाले उहाँहरुसँग भेटघाट छलफल गरिने नेता शाहीले जानकारी दिए । ‘पार्टीलाई जनतासँग जोड्न र जनताको भावनालाई पार्टीसम्म जोड्न यो अभियानले त्यो तहसँग धरातलमै भेटेर संवाद मात्र गर्ने छैन ।’ उनले भने, ‘उहाँहरूबाट आएका रायसुझाव पार्टीलाई दिएर घच्घच्चाउने काम पनि गर्नेछ । यो अभियानमार्फत पार्टी र लोकतान्त्रिक व्यवस्थामाथि देखिएका चुनौतीहरूको पनि चिरफार गरिनेछ ।’

बिज्ञापन

समग्रमा नेपाली कांग्रेसलाई पुनर्जीवन दिन, पार्टीलाई नयाँ रक्तसन्चार दिन यो अभियान सञ्चालन गर्न लागिएको शाहीले बताए । ‘नेपाली कांग्रेसलाई इतिहास कालझैं क्रान्तिकारी पार्टी, जनताको आशालाग्दो, भरोसा लाग्दो र विश्वासलाग्दो पार्टी बनाउनु यो अभियानको मुख्य उद्देश्य हो ।’ उनले भने,‘यो अभियानमा हामीले कर्णालीका १० जिल्लाकै ७९ स्थानीय तहमा पुग्नेछौं ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु