ओलीमाथि बालेनको आक्रोश ः १० हजार करोडको काण्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला

ओलीमाथि बालेनको आक्रोश ः १० हजार करोडको काण्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला

बिज्ञापन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा जोड्दै पीडितको बैना फिर्ता गर्न भनेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर बालेनले ओलीले गिरिबन्धु टी(स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थालेको आरोप लगाएका हुन् ।

बिज्ञापन

गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता रहेको बालेनको आशय छ । ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।’,बालेनले लेखेका छन्

उनले भनेका छन्,’ १० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।
झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ूदुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ू भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।
यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।
अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।
अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो ।

बिज्ञापन

न्युरोडको सडक काट्ने काम डिभिजनले रोकेकै दिन बालेनले रिङरोड विस्तारमा ढिलाइ गरेको भन्दै सडकको धुलो विभाग अगाडि फालेका थिए । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेकपा एमालेका रघुबीर महासेठको घरमा समेत धुलो फाल्ने चेतावनी दिएका थिए ।

त्यसलगत्तै कार्यपालिका बैठकमा २२ नम्बरका वडाध्यक्ष एमालेका चिनीकाजी महर्जनसँग भनाभन भएको थियो । महानगरले न्युरोडमा भत्काएको सडक नटालेपछि सडक डिभिजनले सोमबार बिहानबाट सडक टाल्न थालेपछि मेयर बालेन एमाले अध्यक्षमाथि खनिएका हुन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु