एक हप्ता अगाडि नै क्यानडा पुगेका थिए सन्दीप

काठमाडौं । नेपाली क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने एक हप्ता अगाडि नै क्यानडा पुगेका क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।

एक अन्तरवार्तामा बोल्दै अध्यक्ष चन्दले  सन्दीप गोप्य तरिकाले एक हप्ताअगाडि नै नेपालबाट प्रस्थान गरेको बताएका हुन् ।

बिज्ञापन

सन्दीपले चार दिन अगाडि गत ७ जूनमा फेसबुकमा मनकामना मन्दिर दर्शन गरेको फोटो पोस्ट गरेका थिए । उनले उक्त पोष्ट क्यानडा बाट नै गरेका थिए ।

बिज्ञापन

नेपालबाट सबैलाई थाहा दिएर हिँड्दा विभिन्न बाधा अड्चन आउन सक्ने भएकाले सबै काम गोप्य रुपमा गरिएको चन्दले बताए । ‘अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो । तर, एक हप्ता अगाडि नै उ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । ‘,उनले भने, ‘टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ । क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन । त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो ।’

क्यानडामा सन्दीपलाई क्रिकेट एकेडेमीमा राखिएको र उनले त्यहाँ नियमित अभ्यास गरेको चन्दले जानकारी दिए । क्यानडामा सन्दीपलाई नेपालका भुतपूर्व प्रशिक्षक पुबुदु दासानायकेले सहयोग गरेका बताए ।

बिज्ञापन

चन्दले सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दास जिम्मा दिएको बताए । उनले भने, ‘उहाँहरुले निकै मिहिनेतपूर्वक सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन सफल हुनुभयो ।’

अमेरिकाले भिसा नदिएका कारण सन्दीप अमेरिका जान पाएका थिएनन् । अमेरिकामा दुबै खेल गुमाएपनि सन्दीपले वेस्ट इन्डिजमा हुने दुई खेलमा सहभागी हुन पाउनेछन् ।

नेपालले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु