इस्लाम धर्मावलम्बीहरूले आज ईद मनाउँदै, ईदमा के–के गरिन्छ ?

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज ईद (ईद–उल–फित्र) पर्व मनाउँदै छन् ।

बिज्ञापन

रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा भएपछि पछि उनीहरुले आज इद बनाउन लागेका हुन् । रोजा ब्रत सकिएपछि ‘ईद–उल–फित्र’ मनाउने चलन छ ।

बिज्ञापन

मुस्लिम समुदायले ‘ईद–उल–फित्र’को नमाज मस्जिदमा गएर गर्ने चलन छ । केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढ्ने गर्दछन् । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् ।
रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो ।

यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘ईदउलअजहा’ पर्व मनाउने गर्दछन् ।

बिज्ञापन

यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन् ।

इदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु