इलाम-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

मत गणनाको सुरुआतको केही घन्टा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा पछि परेका नेम्वाङ अहिले लगातार अघि लागेका छन्।

बिज्ञापन

माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा खसेको मत गणना गर्दा नेम्वाङले १० हजार ३ मत पाएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका खड्काले ६९४४ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

बिज्ञापन

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिह थेगिमले ५५९१ र रास्वपाका मिलन लिम्बूले १४४३ मत पाएका छन्।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ रास्वपाका उम्‍मेदवार लिम्बूको घर भएको वडा हो। आफ्नै वडामा उनले अपेक्षित मत ल्याएनन्। यो वडामा उनले जम्मा ९६ मत मात्रै पाएका छन्।
यहाँ एमालेका नेम्वाङले ५८६ मत पाउँदा कांग्रेसका खड्काले ३५१, स्वतन्त्र उम्मेदवार थेगिमले ३१७ मत ल्याएका छन्।

बिज्ञापन

इलाम २ मा अहिलेसम्म सदर मत २४७३८ छ।

२०७९ को चुनावमा यहाँ एमाले नेता सुवास नेम्वाङ विजयी भएका थिए। उनको निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन भएको थियो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु