इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रइसी यात्रारत हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

इरानी सरकारी टेलिभिजनले राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको जनाएको हो । टेलिभिजनले हेलिकोप्टरमा ‘जीवनको कुनै सङ्केत नरहेको’ जनाएको छ ।

बिज्ञापन

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको समाचारमा पनि इरानी अधिकारीलाई उद्धृत गर्दै हेलिकोप्टर “पूर्ण रूपमा जलेको“ जनाइएको छ । त्यसमा रहेका सबै यात्रुको मृत्यु भएको आशंका छ ।

बिज्ञापन

इरानस्थित रेड क्रेसन्ट समाजका प्रमुखले पनि इरानी टेलिभिजनलाई दुर्घटना क्षेत्रको अवस्था “राम्रो नभएको“ बताएका छन् ।

इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री होसेन अमिराब्दोल्लाहियान चढेको हेलिकोप्टर हिजो दुर्घटनामा परेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु