आशा छ धोनीले अर्को सिजन पनि खेल्नेछन्: सीएसकेका सीईओ विश्वनाथन

चेन्नईको युट्युब च्यानलमा सोधिएको प्रश्नको जवाफमा विश्वनाथनले भने, ‘यो यस्तो प्रश्न हो जसको उत्तर धोनीले मात्र दिन सक्छन् । धोनीले लिएका निर्णयलाई हामीले सधैं सम्मान गरेका छौं, हामीले यो उहाँलाई छोडेका छौं।’

बिज्ञापन

विश्वनाथनले थप भने, जसरी तपाई सबैलाई थाहा छ, उनले सधैं आफ्ना निर्णयहरू उपयुक्त समयमा घोषणा गरेका छन्। हामी धेरै आशावादी छौं कि धोनी अर्को वर्ष चेन्नईको लागि उपलब्ध हुनेछन्।

बिज्ञापन

४३ वर्षिय धोनीले चालू सिजनका १४ खेलमा १६१ रन बनाएका छन् । उनले २२०.५४ को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् । धोनीले सिजनमा १४ चौका र १३ छक्का प्रहार गरेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु