आठबिसकोटको प्रभु बैंकबाट करोडौं रकम लिएर कर्मचारी फरार

रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडि बजारमा रहेको प्रभु बैंकका एक कर्मचारीले दर्जनौ ग्राहकको करोडौ रकम निकालेर भागेको बताईएको छ ।

बिज्ञापन

बैंकको अप्रेशन ईन्चार्ज पदमा कार्यरत निराजन शाहले ग्राहकको पैसा लिएर भागेको गुनासो रहेको छ । बैंकबाट ग्राहकको रकम निकालेको रहस्य खुलेपछि अहिले आठविसकोट शाखामा छानबिनको लागि प्रभु बैंकको कर्णाली प्रदेशबाट एक टोली आईपुगेको छ । श्रोतका अनुसार उक्त टोलीले आन्तरिक छानबिन गरिरहेको छ भने थप अनुसन्धानका लागि केन्द्रिय टोली समेत आउने भएको छ ।

बिज्ञापन

एक ग्राहकको १० लाख रकम अर्काको खातामा ट्रान्सफर गरिएको पत्ता लागेको बताउनुभयो । बैंकमा गएर बुझ्दा आफ्नो खाताको रकम अन्तै पठाईसकिएको पाईएपछि आफुहरुले त्यसो गर्ने कर्मचारी प्रति कारबाहिको माग गरेको बताए ।

श्रोतका अनुसार ती कर्मचारीले विभिन्न व्यक्तिका खाताको रकम निकालेर दुरुपयोग गरेका छन् । वडा कार्यालय, नगरपालिका समेतको नाममा रहेको खाताको रकम दुरुपयोग भएको बताईन्छ । कति जनाको र कति रकम कानून विपरित निकालियो भन्ने विषयमा बैंकले बाहिर खुलाउन चाहेको छैन ।

बिज्ञापन

रकम निकालेको आरोप लागेका कर्मचारी शाह अहिले बैंकको सम्पर्कमा नरहेको बताईन्छ । शाहले उपचारको लागि भन्दै सात दिन पहिला १२ दिनको बिदा लिएर गएको बताईन्छ ।

बैंकले आन्तरिक छानबिन गरिरहेकोले यस विषयमा यथार्थ विवरण आउने र दोषिलाई कारबाहि गर्ने भन्दै बचतकर्ताहरुलाई हल्ला नगरिदिन अनुरोध गर्ने गरेको बताईएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु