आईपीएलमा आज: हैदरावाद र मुम्बई खेल्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५५ औं खेलमा आज मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादको सामना गर्दैछ । मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

आज मुम्बई र हैदरावाद सिजनमा दोस्रो पटक खेल्दैछन् । पछिल्लो खेलमा हैदरावाद ३१ रनले विजयी भएको थियो ।

बिज्ञापन

आज मुम्बई सिजनको १२ औं खेल खेल्दैछ । पछिल्लो ११ खेलबाट ३ जित हात पारेको टोली ६ अंकसहित अंक तालिकाको पुछारमा १० औं स्थानमा छ । अर्कोतर्फ, हैदरावादले सिजनको ११ औं खेल खेल्नेछ। १० मध्ये ६ जितेको हैदरावाद १२ अंकसहित ५ औं स्थानमा छ।

बिज्ञापन

 हेड टु हेडमा मुम्बई अगाडि

आइपिएलमा हैदरावाद र मुम्बईबीच हालसम्म २२ खेल खेलिएका छन् । जसमा मुम्बईले १२ खेल जितेको छ भने हैदरावादले १० जितेको छ । एमआई र एसआरएचबीच वानखेडेमा हालसम्म जम्मा ७ खेल भइसकेका छन् । जसमा मुम्बईले ५ र हैदरावादले २ जित हात पारेको छ ।

बिज्ञापन

तिलक वर्माले सर्वाधिक रन स्कोरर

तिलक वर्मा एमआईबाट फर्ममा छन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै कठिन परिस्थितिमा टोलीलाई सम्हालिरहेका छन्। तिलकले ३ अर्धशतक बनाएका छन् भने ३ सय ४७ रन बनाएका छन् । बलिङ आक्रमणको कमाण्ड जसप्रित बुमराहको हातमा छ । उनले अहिलेसम्म ११ खेलमा १७ विकेट लिएका छन् ।

ट्राभिस हेडको नाममा सबैभन्दा धेरै रन

हैदरावादका ओपनर ट्राभिस हेड यस सिजन टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ९ खेलमा ३९६ रन बनाएका छन् । उनले यो अवधिमा एक शतक र तीन अर्धशतक बनाएका छन् । बलिङमा टी नटराजन शीर्ष स्थानमा छन् । उनले ८ खेलमा १५ विकेट लिएका छन् ।

पिच रिपोर्ट

वानखेडे पिच सामान्यतया ब्याट्सम्यानका लागि बढी सहयोगी साबित हुन्छ। उच्च स्कोरिङ खेलहरू यहाँ देखिएका छन्।

मुम्बई इन्डियन्सको सम्भावित प्लेइङ ११:

हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), तिलक वर्मा, नेहल वढेरा, टिम डेभिड, मोहम्मद नाबी, पियुष चावला, लुक वुड, जसप्रित बुमराह र नुवान थुसारा।

ईम्प्याक्ट प्लेयर: सूर्यकुमार यादव।

सनराइजर्स हैदरावादको सम्भावित प्लेइङ ११:

प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, अनमोलप्रीत सिंह, हेनरिक क्लासेन (विकेटकिपर), नितिश कुमार रेड्डी, अब्दुल समद, शाहबाज अहमद, मार्को जान्सन, भुवनेश्वर कुमार, र टी नटराजन।
ईम्प्याक्ट प्लेयर: उमरान मलिक।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु