आईपीएलमा आजः प्लेअफमा पुगिसकेको राजस्थान र प्लेअफबाट बाहिरिएको पञ्जाब भिड्दै

काठमाडौँ । आईपीएल अन्तर्गत राजस्थान रोयल्सले आज आफ् १३ औं खेल प्लेअफको दौडबाट बाहिर रहेको पञ्जाब किंग्ससँग खेल्दैछ । दुई टोलीबीचको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दिल्ली क्यापिटल्सको जितसँगै सञ्जु सामसनको टोली प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ ।

बिज्ञापन

तीन टोली यसअघि नै प्लेअफको दौडबाट बाहिरिइसकेका छन् । जसमा मुम्बई इन्डियन्स, पञ्जाब किंग्स र गुजरात टाइटन्स रहेका छन् ।

बिज्ञापन

दुई स्थानका लागि पाँच टोलीबीच भिडन्त जारी छ । जसमा चेन्नई सुपर किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु