अर्किड ईन्टरनेशनल कलेजको आयोजनामा गरियो रक्तदान कार्यक्रम

आज काठमाडौंको गौशालामा रहेको अर्किड ईन्टरनेशनल कलेजले रक्तदान कार्यक्रम संचालन गरेको छ । अर्किड इन्टरनेशनल कलेजको आयोजना र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरीएको हो । रक्तदान  नै जीवनदान भन्ने मुल नाराकासाथ अर्किड इन्टरनेशनल कलेजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा शिक्षक बिध्यार्थी र अन्य ब्यक्तिहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा करिब ५० जनाले रक्तदान गरेका थिए। अध्ययनकै क्रममा सामाजिक कार्य अन्तरगत हरेक बर्ष विभिन्न  कार्यक्रम गर्ने कलेजले विभिन्न सामाजिक कार्य गरिरहेको छ ।

बिज्ञापन

तस्बिरहरु :-

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु