अपहरण गरी १३ वर्षीया बालिकाको सामूहिक बलात्कार, तीन जना पक्राउ

महोत्तरी— १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितलाई महोत्तरी प्रहरीले सार्वजनिक गरेको छ ।सामूहिक बलात्कार आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

बिज्ञापन

तीन जनाको समूहले सम्सी गाउँपालिका–१ स्थित मामाघर बस्दै आएकी बालिकालाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खड्काका अनुसार गत माघ २२ गते राति साढे १ बजे आमालाई घरमा थुनेर सो समूहले बालिकालाई घरबाट डेढ किलोमिटर टाढा बाँसघारीमा लगेर बलात्कार गरेका थिए ।

पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहार राज्यको सीतामढी ग्राम पञ्चायत रतनपुर बस्ने २१ वर्षीय जियाउल अन्सारी छन् ।

बिज्ञापन

पक्राउ परेकाहरूलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए । घटनाका एक जना आरोपित फरार छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।न्युजग्रह बाट

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु