यो संसारमा सबैभन्दा सुन्दर चरा कुन हो ? यो प्रश्न तपाईंको मनमा अवश्य उठेको होला र यो प्रश्नको उत्तर दिन नसक्ने कोही नहोला किनकी यो संसारमा सबै चराहरु सुन्दर छन् । यद्यपि केही प्रजातिहरूमा निश्चितरूपमा असाधारण विशेषताहरू छन् जसले तिनीहरूलाई अन्य चराहरूबाट अलग राख्छ। आज हामी संसारका ती चुनिएका चराचुरुङ्गीहरूलाई चिन्नेछौँ जसको सुन्दरता अद्भूत र […]

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको पाटे बाघ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ३६ वटा पाटे बाघ रहेका छन् । शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जमा समेत पर्दछ । तस्बिरः शेरबहादुर सिंह-रासस

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा लेक र पृष्ठभूमिमा शनिबार बिहान देखिएको धवलागिरी हिमालको दृष्य । समुन्द्रि सतहदेखि ३ हजार ६०० मिटर उचाइमा रहेको खोपारा लेक सूर्योदय र हिमालको दृष्य अवलोकनका लागि नयाँ गन्तव्यको रुपमा विकास हुन थालेको छ । तस्बिरः सन्तोष गौतम/रासस

झापा : मेचीनगरको गैरीगाउँका स्थानीयमाथि सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा छ जना घाइते भएका छन्। शुक्रबार राति ८ बजे सीमा सुरक्षा गुल्म, काँकडभिट्टाका सशस्त्र प्रहरीका कोट मास्टर र चालकले खुकुरीले प्रहार गर्दा छ जना घाइते भएका हुन्। घाइतेमध्ये एकको हातको औंला काटिएको छ भने अर्काेको छातीमा गहिरो चोट लागेको छ। घाइतेहरूलाई उपचारका लागि विर्तामोडको बीएन्डसी […]

डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्। स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्। उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। भाटको माइती सुर्खेत हो। धेरै पहिले खड्का र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए। […]

खोटाङ । जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गर्छन् । विभिन्न मुद्दामा जेल भुक्तान गरिरहेका कैदीबन्दीलाई सिर्जनशील तथा व्यावसायिक बनाउन विभिन्न दातृ निकायले नि:शुल्क औजारसमेत उपलब्ध गराएका […]

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै अरूको निजी जीवनको बारेमा युट्युबमा राख्ने शर्मिला वाइबा पक्राउ परेकी छिन् । काठमाडौंमा उजुरी परेको थाहा पाएपछि भागेर सिन्धुपाल्चोक पुगेकी उनी त्यहीबाट पक्राउ परेकी हुन् । ब्ल्याकमेलिङ गरेको र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा प्रहरीले बुधबार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी छ । प्रहरी वृत्त […]

काठमाडौं । गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको अन्तिम संस्कार पशुपतिस्थिति आर्यघाटमा गरिएको छ । उहाँलाई राजकीय सम्मानसहित अन्मिम विदाई गरिएको छ । स्वर्गीय भक्तराजको विदाईका क्रममा उहाका छोराहरु स्वरुपराज र सत्यराजसहित अन्य कलाकारहरुले ‘जहाँ छन् बुद्धका आँखा’ गीत गाएर भावपूर्ण विदाइ गरेका छन् । भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका […]

बाराको निजगढ- ७ स्थित गाडी मर्मत गर्ने कारखाना (ग्यारेज) मा सोमबार भएको शंकास्पद वस्तु विष्फोटको घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । विष्फोटमा परि गम्भीर घाइते भएका वीरगन्ज महानगरपालिका -९ का २० वर्षीय रितु रजतको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । रजतको बयोधा अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनामा परि यसअघि ग्यारेज […]

दाङको लमही नगरपालिका–३ स्थित चुरे पहाडको फेदमा अवस्थित करिब सात बिगाह क्षेत्रफलमा फैलिएको जखेरा ताल । तस्बिर : कुलदीप न्यौपाने/रासस