जिबी राईको पासपोर्ट रोक्न राहदानी विभागमा प्रहरीको पत्राचार

जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्नका लागि आइतबार पत्र लेखेर विभागमा पठाएको हो ।

बिज्ञापन

फरार रहेका राईको राहदानीलाई ‘कालोसूची’ मै राखिएको छ । राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी समेत भएको छ । तर, उनी अझै पक्राउ पर्न सकेका छैनन् ।

बिज्ञापन

उनलाई पक्राउ गर्न कूटनीतिक तवरबाट पनि प्रयास भइरहेको सरकारको दाबी छ ।

प्रहरी प्रमुख आइजिपी बसन्त कुँवरले राई मलेसियामा रहेको बताएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्रीसँग फोनमा राईबारे कुराकानी समेत गरेका थिए ।

बिज्ञापन

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनी ग्यालेक्सी फोरके टिभीका सञ्चालक समेत थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु