Author: सुधार आवाज
काठमाडौँ। आगामी २४ घण्टामा छ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले प्रकाशित गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार शनिवार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश सहित बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम […]
आज शनिबार । बाग्लुङको कालिका भगवती मन्दिरमा आज दर्शनाथीको भीड छ । पश्चिम नेपालको बाग्लुङको सदरमुकाममा रहेको यो हिन्दूहरुको महत्वपूर्ण शक्तिपीठ हो । कालीगण्डकी नदीको दक्षिण किनारामा अवस्थित यो मन्दिरको प्राङ्गणमा प्रत्येक मुख्य दिशामा चार वटा प्रवेश द्वार छन् । मन्दिर परिसरमा शिव, राधा–कृष्ण, लक्ष्मी–नारायण र अन्य देवतालाई समर्पित अन्य साना मन्दिरहरूको सङ्ग्रह छ। #कालिका […]
काठमाडौँ । काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले […]
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ । कुशल मल्लको अर्धशतकप्रेरित नेपालले त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नामिबियासामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुशलले अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित […]
काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पाँच विकेट गुमाएको छ । नेपालले पाँचौ विकेटमा आरीफ शेखलाई गुमाएको हो । उनी १६.३ ओभरमा ३१ रन बनाएर आउट भए । अहिले क्रिजमा कुशल मल्ल र दिपेन्द्र सिह ऐरी रहेका छन् । ब्याट्सम्यान कुशल मल्लले अर्धशतक बनाएका छन् ।छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० […]
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध ३ बल भित्र नेपालले २ विकेट गुमाएको छ । यो सँगै ८.२ ओभरमा नेपालको ४ विकेट गएको छ । सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा […]
काठमाडौं । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू एक सातादेखि काठमाडौंमा धर्नारत छन् । कहिले खाली खुट्टाले पैदल हिडेर मार्च गर्छन्, त कहिले संसद् भवनको दैलो ढकढक्याउँछन् । आफूहरुले न्याय नपाएसम्म धर्ना र प्रदर्शन गरिरहने उनीहरूको अडान छ । दिनभर सडकमा प्रदर्शन गर्ने उनीहरू हिउँदको ठण्डीमा काठमाडौंमा कसरी बसिरहेका […]
डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन्। स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन्। उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन्। उक्त दम्पतीका तीन छोरी र एक छोरा छन्। भाटको माइती सुर्खेत हो। धेरै पहिले खड्का र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए। […]
एजेन्सी । बिहानको मिठो निन्द्रा कसैलाई राम्रो लाग्दैन । तर, विश्वास मान्नुहोस्, यस पललाई छोड्नुको फाइदा पनि उत्तिकै रहेका छन् । यदी तपाई बिहानै उठ्नुका फाइदाबारे अन्जान हुनुहुन्छ भने थाहा पाइराख्नुहोस् बिहान उठ्नुका पाँच फाइदाहरुः १. बिहान छिटो उठ्नाले तपाईले अतिरिक्त उर्जा पाउनसक्नुहुन्छ । यसले तपाईलाई दिनभर उर्जावान् बनाउने काम गर्छ । एकप्रकारको आनन्द दिने […]
भारतका मुख्य राजनीतिक दलहरुको आम्दानीमध्ये झण्डै ७७ प्रतिशत हिस्सा सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) को मात्रै रहेको खुलेको छ । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) को प्रतिवेदनमा छ वटा राजनीतिक दलले आर्थिक वर्ष २०२२/२३ को आम्दानी सार्वजनिक गरेका छन् । गएको आर्थिक वर्षमा छ वटा दलले ३० अर्ब ७७ करोड भारु आम्दानी गरेकोमा भाजपाको मात्रै […]