सांसद शर्माको केएमसि टोलिले गर्‍यो काभ्रेको पाँचखालमा, सात सय बिरामीको उपचार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
पाँचखाल नगरपालिका वडा नम्बर १२ को आजात माविमा नगरपालिका र अनेरास्ववियुको संयुक्त आयोजनामा भएको उक्त स्वास्थ्य शिविरमा ७०० बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।
बिरामीमध्ये १०० जनाको ल्याब परीक्षण, ८० जनाको भिडियो एक्सरे तथा ५० जनाको ईसीजी गरिएको थियो ।

बिज्ञापन

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु