सहकारी ठगीको रकम गोर्खा मिडियामा, पेश्की बनेर पुग्यो निकिता पौडेलको गोपिकृष्ण मुभिजसम्म

 

बिज्ञापन

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहार, बीरगञ्जको सानो पाइलालगायतका सहकारीमा ठगी गरिएको रकम गोर्खा मिडिया हुँदै पेश्कीका रुपमा विभिन्न कम्पनीमा पुगेको संसदीय छानबिन समितिको प्रतिवेदनले देखाएको छ। यसका मुख्य योजनाकार जीबी राईले सहकारीको रकम यसरी गोर्खा मिडियामा लगेको र मतियारको काममा सञ्चालक समितिमा छविलाल जोशी, कुमार रम्तेल र हाल रास्वपा सभापति रवि लामिछाने समेत रहेको प्रतिवेदनले स्पष्ट संकेत गरेको छ।

बिज्ञापन

गोर्खा मिडियामा पुगेको रकम पेश्कीका रुपमा विभिन्न कम्पनीमा लगिएको तथ्य समितिले फेला पारी प्रतिवेदनमा उल्लेख गरेको छ।गोर्खा मिडियाबाट ‘नोबडी प्रोडक्सन प्रालिलाई ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ रकम पुगेको छ।

यसैगरी गोपीकृष्ण मुभिज प्रालिका नाममा ८१ लाख २५ हजार रुपैयाँ रकम पेश्कीका रुपमा पुगेको छ। सभापति लामिछानेकी पत्नी निकिता पौडेलले त्यसबेला गोपीकृष्ण मुभिजको प्रमुख रहेकी थिइन्। यो उद्धब पौडेलले सञ्चालनमा ल्याएको फिल्मी कम्पनी हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु