शारदा नगरपालिकाको आयोजना, नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोग र Ridley Eye Foundationको आर्थिक सहकार्यमा निःशुल्क आँखा शिविर शीतलपाटी आँखा उपचार केन्द्रमा सफलतापूर्वक सम्पन्न भएको छ।
बिज्ञापन
मंसिर २८ र २९ गतेका लागि तय गरिएको यो शिविर बिरामीको ठूलो चापका कारण ३० गतेसम्म सञ्चालन गरिएको थियो। शिविरमा ६९० जनाको आँखा परीक्षण गरिएकोमा, २०९ जनाको शल्यक्रिया निःशुल्क गरिएको छ। तीमध्ये शारदा नगरपालिकाका १०९ जनाले प्रत्यक्ष लाभ लिएका छन्।
बिज्ञापन
शिविर अवलोकनका लागि शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा र प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा स्वयं उपस्थित हुनुहुन्थ्यो। उहाँहरूले बिरामीहरूसँग प्रत्यक्ष संवाद गर्दै निःशुल्क चश्मा वितरण गर्नुभयो।
शारदा नगरपालिकाले बिरामीलाई थप सहज बनाउन यातायात खर्चको व्यवस्था समेत गरेको थियो, जसले शिविरलाई अझ प्रभावकारी बनायो।
बिज्ञापन
उक्त शिविरले आर्थिक रुपमा कमजोर तथा विपन्न समुदायका नागरिकहरूलाई घरआँगनमै निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ। नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
– ३० मंसिर २०८१ सुधार आवाज