कास्की जिल्ला प्रहरी कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा रहेको फोटो खिचिएको प्रकरणमा गम्भीर ध्यानाकर्षण गरी अनुसन्धान सुरु गरेको छ।
बिज्ञापन
डा. निकोलस भुसालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त फोटो आफूले खिचेको स्वीकार गरेका थिए। उनले भनेका छन्, रवि दाइलाई भेट्न गएको थिएँ। उहाँलाई सिसी क्यामेरा रुमबाट हेरेर बसेको बेला फोटो खिचेको हुँ। त्यहाँ प्रहरी दाइ-दिदीहरू पनि हुनुहुन्थ्यो, तर उहाँहरूले ध्यान दिनुभएन होला।
बिज्ञापन
यस विषयमा कास्की जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले सुधार आवाज लाई जानकारी दिँदै फोटो खिच्ने र सार्वजनिक गर्ने घटनामा अनुसन्धान भइरहेको बताए। उनले भने, यो फोटो कसले खिच्यो र कसरी खिच्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। दोषीलाई कानुनको दायरामा ल्याइनेछ ।
रास्वपाका केही कार्यकर्ताहरूले यो फोटोलाई राजनीतिक रूपमा प्रचार गर्न खोजे पनि यो प्रयास सफल हुन सकेन। प्रहरीले यसलाई गोपनीयता उल्लंघन र कानुनी अपराधका रूपमा हेरिरहेको छ, जसले रास्वपाको रणनीति विवादमा तानिएको छ।
बिज्ञापन
हिरासतजस्तो संवेदनशील स्थानमा फोटो खिचेर सार्वजनिक गर्नु कानुनी र नैतिक दुवै दृष्टिले गम्भीर विषय भएको प्रहरीको भनाइ छ। घटनाले प्रहरी प्रशासनको सुरक्षा व्यवस्थापनमाथि प्रश्न खडा गरेको छ।
सामाजिक सञ्जालमा यो विषयले ठूलो चर्चा पाएको छ। हिरासतभित्रको गोपनीयताको उल्लंघन र यससँग जोडिएको कानुनी प्रक्रियालाई लिएर विभिन्न पक्षहरूले चासो व्यक्त गरेका छन्।