कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले मानव सेवा आश्रमको भवन निर्माणका लागि ६ लाख ५१ हजार ११५ रुपैयाँ सहयोग गरेका छन्। सुर्खेतमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञका क्रममा उनले यो सहयोग घोषणा गरेका हुन्।
बिज्ञापन
मानव सेवा आश्रमले कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि २० करोडको लागत योजना बनाएको छ। महायज्ञ आयोजक समितिका अनुसार, यो महायज्ञबाट हालसम्म ९ करोडभन्दा बढी रकम संकलन भएको छ। भवन निर्माणका लागि आश्रमलाई गंगामाला धार्मिक वन र देउती बज्यै सामुदायिक वनले २९ बिघा जग्गा उपलब्ध गराएका छन्।
बिज्ञापन
मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीका अनुसार, ०८२ सालसम्म नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यसहित काम भइरहेको छ। आश्रमले अहिलेसम्म १० हजारभन्दा बढी सडक आश्रित तथा बेसहारा मानवको उद्धार गरी व्यवस्थित आवासको व्यवस्था गरिसकेको छ।
सहयोग अभियानअन्तर्गत ५०० रुपैयाँदेखि १ करोडसम्मको योगदान गर्ने दातालाई सम्मान गरिएको छ। १ करोड योगदान गर्नेको नाममा ब्लक निर्माण र शालिक राखिनेछ भने अन्य योगदानकर्ताका नाममा सभाकक्ष, भान्सा र भोजन कक्ष निर्माण गरिने छ।
बिज्ञापन
मानव सेवा आश्रमले सरकारी र सामाजिक सहयोगको सहकार्यमा नेपाललाई सडक आश्रित मानवमुक्त बनाउने महत्त्वपूर्ण अभियान अघि बढाइरहेको छ।