काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनले देशव्यापी सफलता हासिल गर्दै ३५ जिल्ला, ४ प्रदेश, र केन्द्रीय समितिमा ८ पदाधिकारी तथा २४ सदस् सहित आफ्नो बलियो उपस्थिति स्थापित गरेको छ।
बिज्ञापन
प्रेस युनियनले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायतका सबै प्रदेशमा बलियो उपस्थिति जनाउँदै पत्रकार महासंघको नेतृत्वमा अग्रस्थान लिन सफल भएको हो।
बिज्ञापन
यससँगै प्रदेशस्तरमा पनि युनियनका उम्मेदवारहरूले सफलता प्राप्त गरेका छन्। गण्डकीमा रमेश पौडेल, लुम्बिनीमा शुक्रऋषि चौलागाइँ, सुदूरपश्चिममा भरत शाह लगायतका नेताहरू निर्वाचित भएका छन्।
युनियनका केन्द्रीय नेतृत्वमा पनि ठूलो सफलता हात लागेको छ। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव लगायत आठ पदाधिकारीसहित २४ जना केन्द्रीय समिति सदस्यमा विजयी भएसँगै प्रेस युनियनले देशभर आफ्नो प्रभावशाली हैसियत देखाएको छ।
बिज्ञापन
यसो त, प्रेस युनियनको यो जितले देशभरका पत्रकारहरूको आवाजलाई एकताबद्ध गर्दै महासंघको नेतृत्वलाई बलियो बनाउने विश्वास गरिएको छ। विजयी उम्मेदवारहरूलाई बधाई दिँदै प्रेस युनियनले पत्रकारहरूको हकहित र अधिकारका मुद्दामा अझ बढी सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।