तस्करीको तीन केजी सुन गायब प्रकरण : घटनामा संलग्न नेपाल प्रहरीका असइ तिवारी निलम्बनमा

 केरुङ नाका हुँदै काठमाडौं भित्र्याइँदै गरेको तस्करीको सुन गायब पारिएको घटनामा संलग्न नेपाल प्रहरीका असइ सविन तिवारी निलम्बनमा परेका छन् । संगठनलाई छलेर तस्करीको सुन अन्यत्र दिएको खुलेपछि प्रहरीले उनलाई निलम्बन गरेको हो ।

केरुङ नाकाबाट २४ साउनमा कन्टेनरभित्र फल्स बटम बनाएर छुटाइएको सुन भोलिपल्ट धादिङको खानीखोला आइपुगेपछि हतियारधारी चारजनाको समूहले लुटेको थियो । सुन आउँदै गरेको सूचना प्राप्त गरेपछि प्रहरीकै मिलेमतोमा गायब पारिएको सूचना चुहिएसँगै प्रहरीले एसएसपी ईश्वर कार्कीको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको थियो । उक्त सुन प्रकरण छानबिनमा विशेष ब्युरोमा कार्यरत तिवारीको संलग्नता देखिएपछि निलम्बन गरिएको हो । अनुसन्धान अवधिभर उनलाई प्रहरीको महाराजगन्जस्थित १ नम्बर गणमा राखिएको थियो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु