आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै बिरामी परेका शान्तिनगर गाउँपालिका वडा नं ४ का गणेश परियारको अवस्था बुझ्न गाउँपालिकाको नेतृत्व प्रत्यक्ष रुपमा उनको घरमै पुगेको छ। अध्यक्ष प्रमोद बस्नेत र उपाध्यक्ष प्रेमा बुढाथोकी सहितको टोलीले परियारको घरमै पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।
बिज्ञापन
गणेश परियार लामो समयदेखि आर्थिक समस्याका कारण आवश्यक उपचार गराउन नसकी घरमै थला परेका थिए। स्थानीयस्तरमा समस्या समाधानका लागि गाउँपालिका नेतृत्वले परियारको परिवारलाई तत्काल सहयोग गर्दै थप आवश्यक व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ।
बिज्ञापन
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष बस्नेतले भने, गाउँपालिकाको जिम्मेवारी भनेको विपन्न र समस्याग्रस्त जनतालाई साथ र सहयोग गर्नु हो। गणेशजीको उपचारमा कुनै कमी हुन नदिन हामीले सक्दो सहयोग गर्नेछौं।उपाध्यक्ष बुढाथोकीले पनि समाजसेवाका यस्ता कार्यलाई गाउँपालिकाले आगामी दिनमा अझ प्राथमिकताका साथ अघि बढाउने बताइन्।