काठमाडौं । साहित्यकार परशु प्रधानको निधन भएको छ ।
बिज्ञापन
८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो । परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ९ बजेसम्म राधामोहन मार्ग–२० मा राखिएको छ ।
बिज्ञापन
साहित्यकार प्रधानको आजै साढे ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम छ ।
परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।
बिज्ञापन
प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।
बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् ।