राजनीतिमा नैतिकता हराएकाले विकृति बढ्यो– डा. कोइराला

 

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नैतिकता र संस्कार हराउँदै गएकाले राजनैतिक क्षेत्रमा विकृति र विसंगति बढेको बताएका छन् ।

बिज्ञापन

मंगलबार विराटनगरमा रहेको गुँरास पुस्तकालयको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै नेता डा. कोइरालाले वर्तमान गठबन्धन बनाउने उद्देश्य राखेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई कपोकल्पित आरोप लगाउँदै गठबन्धन भत्काएको आरोप लगाए ।

उनले नैतिकताविनाको राजनीतिको अर्थ नहुने भएकाले कुरिती राजनीति नगर्न नेताहरुलाई आग्रह गरेका थिए । उनले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै अब संविधानमा रहेको निर्वाचन प्रणालीको प्रावधान संशोधन गर्नु पर्ने धारणा राखे ।

बिज्ञापन
  1. स्रोत : Sutraaawaj

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु