वैवाहिक बलात्कारको आरोप लागेपछि गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । बिहीबार कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीले बताए । नेपाल आइडल सिजन– २ का विजेता कृष्णपुर नगरपालिकाका बासिन्दा ओडविरुद्ध उनकी श्रीमतीले गत चैत २० गते वैवाहिक बलात्कार आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । श्रीमतीको उजुरीपछि प्रहरीले जिल्ला अदालतबाट गायक ओडविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । आत्मसमर्पण गरेका ओडलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर थप अनुसन्धान गरीरहेको डीएसपी जोशीले बताए