नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले विभिन्न आरोपमा अनुसन्धानमा तानिएका नेतालाई कसरी मन्त्री बनाउन सकिन्छ भनेर प्रश्न गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बैठकको छलफलमा भाग लिँदै शर्माले यस्तो प्रश्न उठाएका हुन् ।
‘प्रधानमन्त्री आफैंले अनुसन्धानमा तानिएका र प्रमाणित हुन बाँकीलाई मन्त्री नबनाउने बताउनुभएको थियो’, शर्माले भने, ‘तर तपाईंले के गर्नुभयो ? प्रमाणित हुन बाँकीलाई मन्त्री बनाउन पाइन्छ ?’
सहकारी ठगीमा अनुसन्धानको प्रक्रिया चल्दै गर्दा विवादितलाई मन्त्री बनाएपछि राज्यका प्रतिनिधि पोखराबाट फर्कनुपरेको समेत शर्माले बताए ।
बिज्ञापन
नयाँ दलले पनि पहिले नो नट अगेन भने पनि बुढा नेतालाई पटकपटक एट अगेन भनेको पनि बताए ।
बिज्ञापन
‘पहिले नो नट अगेन, बुढा नेतालाई पटकपटक एट अगेन ?’, शर्माले रास्वपाप्रति लक्षित गर्दै भने ।
स्रोत : Lokantar