‘जहाँ छन् बुद्धका आँखा’ सहित भक्तराजको भाबपूर्ण विदाई

काठमाडौं । गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको अन्तिम संस्कार पशुपतिस्थिति आर्यघाटमा गरिएको छ ।

बिज्ञापन

उहाँलाई राजकीय सम्मानसहित अन्मिम विदाई गरिएको छ । स्वर्गीय भक्तराजको विदाईका क्रममा उहाका छोराहरु स्वरुपराज र सत्यराजसहित अन्य कलाकारहरुले ‘जहाँ छन् बुद्धका आँखा’ गीत गाएर भावपूर्ण विदाइ गरेका छन् ।

बिज्ञापन

भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा  निधन भएको थियो ।

आचार्यले ‘मुटु जलिरहेछ‍‍‍…’, ‘जति चोट दिन्छौँ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै हुनुहुन्छ ।

बिज्ञापन

विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु